मङ्सिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओमा हालसम्म ५५.५ प्रतिशत आवेदन परेको छ ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेकोमा १८ हजार छ सय ८४ जनाले १६ लाख ६५ हजार नौ सय २० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याइएको १० प्रतिशत बाहेक कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आईपिओ मङ्सिर १८ गतेसम्म खुला रहने छ । यस आइपिओको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस