Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सेयरबजारमा करेक्सन, कारोबार रकम पनि घट्यो

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १५ : १४ मा प्रकाशित

सोमबार सेयरबजारमा करेक्सन, कारोबार रकम पनि घट्यो

आइतबार ४७  अङ्कले बढेको सेयर बजारमा सोमबार भने करेक्सन आएको छ । अघिल्लो बुधबार देखि बढेको सेयरबजारले आज सामान्य करेक्सन सामना गरेको हो ।

आज ११.२७ अङ्कले घटेर नेप्से परिसूचक १९९६.६७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ रुपैयाँमा सीमित भएको छ । बजार सँगै आज कारोबार रकममा गिरावट आएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ अप्पर स्याङ्गे हाइड्रो, माथिल्लो मैलुङखोला हाइड्रो, अभियान लघुवित्त र शुभम हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये स्वाभिमान लघुवित्त, स्वरोजगार लघुवित्त र मिर्मिरे लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लगानी उपसूचक सर्वाधिक ०.४९ प्रतिशतले बढ्दा ट्रेडिङ उपसूचक ०.३७ प्रतिशत र होटल र पर्यटन उपसूचक ०.२५ प्रतिशत बढ्यो । आज लाइफ इन्स्योरेन्स उपसूचक सबैभन्दा बढी ०.८९ प्रतिशतले घट्दा बैंकिङ उपसूचक ०.८४ प्रतिशत र लघुवित्त उपसूचक ०.८२ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको