Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ सात गुणाले ओभरसब्सक्राइब्ड

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १८ : ४८ मा प्रकाशित

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ सात गुणाले ओभरसब्सक्राइब्ड

मङ्सिर १० गते देखि खुलेको नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ हालसम्म ७.१४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा सात लाख ५२ हजार एक सय १९ जनाले ८१ लाख ७१ हजार नौ सय २० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । नेपाल वेयरहाउजिङ्ग कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १३ लाख ७५ हजार कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो । 

यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ३७ हजार पाँच सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, दुई प्रतिशतले हुन आउने २७ हजार पाँच सय कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ६८ हजार सात सय ५० कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ हजार रुपैयाँ पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको