Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली जलविद्युत कम्पनीको सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १५ : ०८ मा प्रकाशित

त्रिशुली जलविद्युत कम्पनीको सेयर नेप्सेमा सूचीकृत

त्रिशुली जलविद्युत कम्पनीको सेयर नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त कम्पनीको प्रारम्भिक कारोबारका लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँ रेञ्ज तोकेको छ ।

मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र त्रिशुली जलविद्युत कम्पनी लिमिटेडबीच एक सय अङ्कित मूल्यका एक करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको ३७ लाख पाँच हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको एक करोड ४८ लाख २० हजार कित्ता गरी कुल  एक करोड ८५ लाख २५ हजार साधारण शेयर सूचीकरण गरिएको हो । अब भोलिबाट नेप्सेमा उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । यसैगरी कम्पनीमा विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत संस्थापक सेयर रहेको छ भने रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर लगानी रहेको छ ।

कम्पनीले रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको