Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार २.१७ अङ्कले घट्यो सेयरबजार, कारोबार रकममा पनि गिरावट

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १५ : २१ मा प्रकाशित

मङ्गलबार २.१७ अङ्कले घट्यो सेयरबजार, कारोबार रकममा पनि गिरावट

आइतबार ४७ अङ्कले बढेको सेयर बजारमा मङ्गलबार पनि करेक्सन जारी रहेको छ । सोमबार ११.२७ अङ्कले घटेको नेप्से आज थप २.१७ अङ्कले घटेको हो ।

आज २.१७ अङ्कले घटेर नेप्से परिसूचक १९९४.५३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर एक अर्ब २८ करोड २ लाख २८ हजार नौ सय ७१ रुपैयाँमा सीमित भएको छ । बजार सँगै आज कारोबार रकममा गिरावट आएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ बुद्धभूमि हाइड्रो, मन्दाकिनी हाइड्रो, तारागाउँ रिजेन्सी होटेल र अभियान लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये नारायणी विकास बैंक, मिडसोलु हाइड्रो, विजय लघुवित्त, आरम्भ चौतारी लघुवित्त र कालिका पावर हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल र पर्यटन उपसूचक सर्वाधिक ३.३३ प्रतिशतले बढ्दा म्युचुअल फन्ड उपसूचक ०.८४ प्रतिशत र उत्पादन उपसूचक ०.६६ प्रतिशत बढ्यो । आज ट्रेडिङ उपसूचक सबैभन्दा बढी ०.९९ प्रतिशतले घट्दा लघुवित्त उपसूचक ०.५८ प्रतिशत र बैंकिङ उपसूचक ०.५२ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको