Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको आइपिओमा आवेदन दिने समय समाप्त, कति पर्यो आवेदन

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १७ : २२ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको आइपिओमा आवेदन दिने समय समाप्त, कति पर्यो आवेदन

मङ्सिर ८ गते देखि खुलेको मुक्तिनाथ कृषि कम्पनीको आइपिओमा आवेदन दिने समय समाप्त भएको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा १३ लाख २२ हजार नौ सय ५४ जनाले एक करोड ४३ लाख २८ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४८ हजार कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । यस हिसाबले कुल आवेदकमध्ये ११ लाख ७४ हजार नौ सय ५४ जनाको हात खाली नै रहने भएको छ । 

मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १४ लाख कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, तीन प्रतिशतले हुन आउने ४२ हजार कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ७० हजार कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । 

आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको