Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइनमा सस्तोमा सामानको विज्ञापन राख्दै, एड्भान्स लिएर ब्लक ठोक्दै...

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १७ : ५६ मा प्रकाशित

अनलाइनमा सस्तोमा सामानको विज्ञापन राख्दै, एड्भान्स लिएर ब्लक ठोक्दै...

सामाजिक सञ्जालमा बजार भाउ भन्दा सस्तोमा सामान बिक्रीका लागि विज्ञापन राखेर एडभान्स लिएपछि गायब हुने घटना बढेको छ ।

यस्ता किसिमका ठगीका घटना बढेपछि नेपाल प्रहरीले सूचना नै जारी गर्दै यस किसिमका ठगीबाट बच्न सर्वसाधारणलाई सूचित गराएको छ । प्रहरीका अनुसार अनलाइनमा विभिन्न सामान सस्तोमा बिक्रीका लागि राख्ने र अग्रीम भुक्तानी लिएपछि ग्राहकलाई ब्लक गर्ने खालका ठगीका घटना पछिल्लो समय भइरहेका छन् ।

यस्ता ठगीबाट बच्न सम्बन्धित पेज वा एकाउन्ट आधिकारिक हो वा हैन यकिन गरेर मात्र कारोबार गर्न प्रहरीले अनुरोध गरेको छ । कानुनत अनलाइन स्टोर मात्र राखेर व्यवसाय सञ्चालन गर्न नेपालमा प्रतिबन्धित छ तर पनि अनलाइन मार्फत नै कतिपय सरसामानको व्यापार भइरहेको छ ।

भौतिक स्टोर बिना खुलेका यस्ता अनलाइन स्टोरमार्फत नै ग्राहक ठगिने घटनाहरु उच्च हुने गर्दछ । प्रहरीले ठगीमा परे नजिकको प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन सकिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको