Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर २८ मा लगनगाँठो कस्दै श्रृंखला र सम्भव

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, २२ : ०३ मा प्रकाशित

मंसिर २८ मा लगनगाँठो कस्दै श्रृंखला र सम्भव

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कस्ने भएकी छन् ।केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले मंसिर २८ गते विवाह गर्न लागेका हुन् ।

श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै आफुहरुको प्रेम सार्वजनिक रुपमा स्वीकारेका थिए ।श्रृंखलाले आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको भन्दै प्रेम सर्वजनिक भएका थिए। 

उनीहरुको विवाह हायात होटलमा हुने बताईएको छ । विवाहको रिसेप्सन पनि पुस १ गते हायातमा नै राखिएको छ । 

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा र मुनु सिग्देलकी छोरी समेत रहेकी श्रृंखलाले सन् २०१८ मा मिस नेपालको टाईटल जितेकी थिईन् । सम्भव भने कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको