Like us!
Follow us!
Connect us!
Watch us!

नाफिज वार्षिकोत्सवमा ५ जना पत्रकार पुरस्कृत

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, ०९ : ४० मा प्रकाशित

नाफिज वार्षिकोत्सवमा ५ जना पत्रकार पुरस्कृत

नाफिजको १४ औं वार्षिक साधारणसभाको अवसरमा ५ आर्थिक पत्रकार पुरस्कृत भएका छन् । आर्थिक, सहकारी, कृषि र बीमा विषयमा उत्कृट पुरस्कार सम्मानित भएका हुन् ।

नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’बाट अन्नपूर्ण पोस्टका पत्रकार रोविन पौडेल पुरस्कृत भएका छन । पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । यसैगरी समान ५० हजार रुपैयाँ पुरस्कार राशीको भरतमोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कार विकास न्यूज डटकमका सीआर भण्डारीले प्राप्त गरे ।

यता निर्जीवन बीमा व्यवसायी संघको सहकार्यमा यसै वर्षदेखि प्रदान गरिएको ५० हजार राशीको ‘जिर्वीवन बीमा व्यवसायी संघ – नाफिज बीमा पत्रकारिता पुरस्कार’ बिमापोस्ट डटकमकी रिना खत्री र अर्थलगानीकी भिमा पन्थीले संयुक्त रुपमा प्राप्त गरे । ५० हजार राशीकै ‘जिर्वीवन बीमा व्यवसायी संघ – नाफिज कृषि पत्रकारिता पुरस्कार’ उकालो डटकमका रितेश त्रिपाठीले प्राप्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको