Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आर्थिक पत्रकार संघको नयाँ नेतृत्व चयन, मेनुका कार्की अध्यक्ष निर्वाचित

अर्थ संसार

शनिबार, २९ मंसिर २०८१, २० : १८ मा प्रकाशित

नेपाल आर्थिक पत्रकार संघको नयाँ नेतृत्व चयन, मेनुका कार्की अध्यक्ष निर्वाचित

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिक साधारणसभासँगै सम्पन्न निर्वाचनमा मेनुका कार्की अध्यक्षमा निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न निर्वाचनको नतिजा अनुसार नाफिजको नयाँ नेतृत्व चयन भएको हो।

निर्वाचन परिणाम
अध्यक्ष पदमा मेनुका कार्कीले १००  मत ल्याएर जित हात पारेकी छिन्। उनका प्रतिस्पर्धी इन्द्र बहादुर बानियाले ८७ मत प्राप्त गरेका थिए।

उपाध्यक्ष पद
उपाध्यक्षतर्फ निरोज कुमार थापा र पिताम्बरी खतिवडा (प्रमिला) विजयी भएका छन्। थापाले ९३ मत र खतिवडाले १०४ मत ल्याएर जित हात पारे। परमेश्वर अधिकारीले पनि ९२ मत प्राप्त गरे।

महासचिव पद
महासचिवमा निकेश खत्री निर्वाचित भएका छन्। उनले ११२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नवीन ढुंगानाले ६६ मत प्राप्त गरे।

सचिव पद
सचिवमा राजाराम न्यौपाने १२६ मत ल्याएर निर्वाचित भएका छन्। चेतनारायण पाण्डेयले ५७ मत प्राप्त गरे।

कोषाध्यक्ष पद
कोषाध्यक्षमा मिलन विक १०२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन)ले ८३ मत प्राप्त गरे।

सदस्य पद
सदस्यतर्फ अनिश मिजार, चित्र राज भण्डारी (सीआर), अनुप आचार्य, र शुक्र गिरी विजयी भएका छन्।

  • अनिश मिजारले १२० मत प्राप्त गरे। 
  •  चित्र राज भण्डारीले समान ११६ मत प्राप्त गरे।
  • अनुप आचार्यले ११८ मत ल्याए।
  • शुक्र गिरीले १०७ मत प्राप्त गरे।
  • आशुतोष अर्यालले ९२ मत प्राप्त गरे।

नवनिर्वाचित अध्यक्ष मेनुका कार्कीले संघलाई थप सुदृढ बनाउने र आर्थिक पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थप्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको