Like us!
Follow us!
Connect us!
Watch us!

पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता दिन्छौ : अधिवत्ता बिष्णु गिरी

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, २१ : ४३ मा प्रकाशित

पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता दिन्छौ : अधिवत्ता बिष्णु गिरी

 सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेपछि अधिवक्ता बिष्णुकुमार गिरीको चर्चा छन् ।अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् । उनै अधिवत्ता बिष्णु कुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् ।

कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवत्ता गिरीले कानुनी साक्षरता अभियानमा लागेका छन् ।

कानुनी साक्षरता अभियान अन्र्तगत अधिवत्ता गिरीले बिभिन्न स्थानीय निकाय, बिधालय, सामुदायिक संघ संस्थाहरुमा कानून सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् ।  

मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् । स्थानीय तहमा रहेका न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गर्नु पर्ने पक्षमा बकालत गदै आएका अधिवत्ता गिरी जनसरोकारका बिषय भेटयो कि त्यसको कानुनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुगि हाल्छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता गदै आएका छन् अधिवत्ता गिरीले ।  अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ  ।

गिरीको मेहनत, परिश्रम, दुःख र सघर्षका ति दिनमा आफुलाइै निरन्तरता दिदै आएका उनी अहिले कानुनी क्षेत्रमा परिचित नाम हो । अधिबता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । अधिवता गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, बिशेष नागरिक सम्मान २०७९लगायतको दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

6575e18fdda91.jpg 6575e19017608.jpg 6575e1903b3f5.jpg 6575e190471a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको