Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निकालेको वर्ष नै सेयरधनीलाई लाभांश प्रस्ताव सहित भगवती हाइड्रोपावरले डाक्यो साधारण सभा

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, ०८ : १२ मा प्रकाशित

आईपीओ  निकालेको वर्ष नै सेयरधनीलाई लाभांश प्रस्ताव सहित भगवती हाइड्रोपावरले डाक्यो साधारण सभा

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ। यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो।

कम्पनीले पुस २४ गते, मंगलबार, अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वरमा आफ्नो २३ औँ वार्षिक साधारण सभा डाकेको छ। सभा बिहान १० बजे सुरु हुने भनिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 
त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ७ जना र साधारण शेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। अर्थात  पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन र  कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन। 

यस कम्पनीले सर्वसाधारणलाई यहिँ वर्षको भदौ ५ गते आईपीओ खुला गरेर भाद्र ८ गते बन्द गरेको थियो  । .

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको