Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, ०९ : १३ मा प्रकाशित

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिको संस्थापक र सर्वसाधारण सेयरको स्वामित्व परिवर्तन भएको छ। यस कम्पनीमा संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेकोमा यसलाई कम्पनीले परिवर्तन गर्दै संस्थापक समुहको सेयर स्वामित्वको ५१ प्रतिशत र सर्वसाधारण समुहको सेयर स्वामित्व ४९ प्रतिशत बनाएको हो। 

कम्पनीले बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक शेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत हुने गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सक्ने व्यवस्था रहेको भन्दै सेयर स्वामित्व परिवर्तन गरेको हो। 

कम्पनीले नेपाल बीमा प्राधिकरण तथा अरु नियामक निकायको स्वीकृति लिई संस्थापक शेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव कम्पनीको २०७९ फाल्गुण १२ गतेको साधारण सभाले पारित गरेको थियो। 

सानिमा रिलायन्स लाईफले कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समेत संशोधन अभिलेख गरेर र नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक सहमति भएको भन्दै सेयर स्वामित्व परिवर्तन प्रकाशित गरेको छ।

6577d3d2ef7e4.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको