Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, ०७ : ०८ मा प्रकाशित

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य रु. ४३६.९४ कायम गरिएको छ।

नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १.२४८९ प्रतिशत बोनस सेयर समायोजन गरेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार, दोस्रो बजारमा कम्पनीको सेयर रु. ४४२.४० मा अन्तिम पटक किनबेच भएको थियो।

समायोजनपछि निर्धारण गरिएको रु. ४३६.९४ को मूल्यलाई आधार मानेर नेप्सेमा दोस्रो बजार कारोबार खुल्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको