Like us!
Follow us!
Connect us!
Watch us!

नबिल र एसविआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १० : २३ मा प्रकाशित

नबिल र एसविआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल र एसविआई बैंकको आव २०७९/८० को घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मङ्सिर ३० गते बुकक्लोज गर्दैछन् । अर्थात आज मङ्सिर २९ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

नबिल बैंकले हालको चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश तथा एसविआई बैंकले हालको चुक्तापुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्न लागेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको