Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम मौका, जेठ २६ गते सभा

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, ०७ : ३५ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम मौका, जेठ २६ गते सभा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज, जेठ १४ गते, अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले, बुक क्लोजभन्दा अघिल्लो कार्यकारी दिन अर्थात् जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूलाई मात्र प्रस्तावित लाभांश प्राप्त हुनेछ र उनीहरू सभा सहभागी बन्न सक्नेछन्।

जेठ १५ गते सार्वजनिक बिदा परेको कारण, आजको दिन अन्तिम मौका बनेको हो।

कम्पनीले आफ्नो आठौं वार्षिक साधारण सभा जेठ २६ गते विहान ११ बजे, भाटभटेनीस्थित अम्रपाली बैंक्वेटमा आयोजना गर्ने जनाएको छ। यो सभा कम्पनीको बैशाख ३० गते बसेको सञ्चालक समितिको निर्णयअनुसार तय गरिएको हो।

८.४२१% लाभांश प्रस्ताव

प्रभु महालक्ष्मीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हालको चुक्तापुँजीमा आधारित रही कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

  • ८ प्रतिशत बोनस सेयर,

  • र ०.४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि प्रस्ताव गरिएको हो।
    उक्त प्रस्तावलाई साधारण सभाबाट अनुमोदन गरिनेछ।

सभामा प्रस्तुत गरिने अन्य प्रस्तावहरू:

  • अध्यक्षको मन्तव्यसहित २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,

  • लेखापरीक्षकको प्रतिवेदन,

  • वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूको पारिती,

  • आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण (हालका लेखापरीक्षक योग्य भए पुनः नियुक्ति सम्भव),

  • सञ्चालकहरूको नियुक्तिको अनुमोदन,

  • नियमावली तथा प्रबन्धपत्रमा नियामक निकायका निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव,

  • पछिल्लो साधारण सभाबाट पारित ७% हकप्रद सेयरको प्रस्ताव रद्द गर्ने प्रस्ताव (प्रस्तावित बोनस सेयरपश्चात चुक्तापुँजी नियामक निकायले तोकेको अनुसार पुगेको हुनाले),

  • कम्पनी ऐन दफा १०५(१)(ग) बमोजिम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च स्वीकृत गर्ने प्रस्ताव।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको