एनएलजी इन्स्योरेन्सको आव २०७९/८० को घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २५ गते बुकक्लोज गर्दैछ । अर्थात आज माघ २४ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसैगरी फागुन ३ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस