Like us!
Follow us!
Connect us!
Watch us!

अब बैंकिङ र बीमा सेवामा हडताल गर्न नपाइने

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, १३ : ५२ मा प्रकाशित

अब बैंकिङ र बीमा सेवामा हडताल गर्न नपाइने

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै बैंकिङ र बीमालगायत २५ सेवा क्षेत्रमा हडताल गर्न नपाइने उल्लेख गरेको छ ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा (३) को उपदफा (१) ले दिएको अधिकारबमोजिम विभिन्न सेवा क्षेत्रमा हडताल निषेध गरेको हो । डाँक, तार, टेलिफोन सेवा, जल,थल वा स्थलमार्फत यातायात सेवा, सञ्चार सेवा लगायतका सेवामा अब हडताल गर्न नपाइने भएको हो । यसैगरी खानेपानी वितरण तथा सञ्चालन सेवा, पेट्रोलियम ढुवानी, भण्डारण तथा वितरण सेवा, अस्पताल सेवा, औषधि निर्माण तथा बिक्री वितरण सेवामा पनि हडताल निषेध गरिएको छ ।

यसबाहेक विद्युत सेवा, ईन्टरनेट सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, फोहोरमैला ढुवानी तथा व्यवस्थापन सेवा, भेटरीनरी सेवा, कन्सुलर सेवा तथा राहदानी सेवा पनि हडताल अवरोध गर्न पाइने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको