Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगलाई अपुरणीय क्षति पुग्ने भन्दै सुर्तीजन्य पदार्थ बिक्री फुकुवा गर्न उच्च अदालतको अन्तरिम आदेश

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, १६ : २३ मा प्रकाशित

उद्योगलाई अपुरणीय क्षति पुग्ने भन्दै सुर्तीजन्य पदार्थ बिक्री फुकुवा गर्न उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालत पाटनले काठमाडौं महानगरले लगाएको सुर्तीजन्य पदार्थ बेचबिखन प्रतिबन्ध फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएपछि श्रीराम टोवागो उद्योग लगायत कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही रिटउपर न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

इजलासले २०८१ वैशाख १ देखि सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुले नीतिगत व्यवस्था बमोजिम अनिवार्य रुपमा जैविक रुपमा सडेर जाने बायो डिग्रेडेबल जैविक वस्तुमा आफ्ना उत्पादनको प्याकिङको गर्न थप लगानी र तयारी गरिरहेको उल्लेख गर्दै रिट निवेदनको टुङ्गो नलागेसम्म प्रतिबन्धको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

निवेदकहरुले रितपूर्वक उद्योग सञ्चालन गरी कर तथा राजश्वसमेत नियमित तिर्दै आएको र प्रतिबन्धले कानून बमोजिम सञ्चालन हुँदै आएका उद्योग व्यवसायमा प्रतिकुल असर परी अपुरणीय क्षति हुने अवस्था देखिएको हुँदा निवेदकका पक्षमा सुविधा सन्तुलन विचारणीय देखिएको भन्दै उक्त निर्णय गरेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको