Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, ११ : ३० मा प्रकाशित

मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर

मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि एनएमबि बैंकले एक अर्ब ८४ करोड भन्दा बढी कर तिरेको छ ।

बैंकले एक सूचना जारी गर्दै आर्थिक ऐन २०८० बमोजिमको विशेष व्यवस्थाको सुविधा लिई एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार दुई सय २१ रुपैयाँ ठूला करदाताको कार्यालयमा दाखिला गरेको जनाएको छ । एफपिओ तथा मर्जर तथा एक्विजिसनमा जाँदा भएको बार्गेन पर्चेज गेनमा सरकारले कर लगाउने गरि आर्थिक ऐन २०८० मा गरेको व्यवस्थाविरुद्ध १६ वाणिज्य बैंकले दर्ता गरेको रिट सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको थियो ।

एनएमबि बैंकले कर प्रयोजनका लागि ठूलो रकम तिर्नु परेपछि साथै आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएपछि आज उक्त बैंकको सेयरमूल्यमा पहिरो गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको