Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार नेप्सेमा गतिलो करेक्सन, दोहोरो अङ्कले घट्यो सेयरबजार

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, १५ : १४ मा प्रकाशित

बिहीबार नेप्सेमा गतिलो करेक्सन, दोहोरो अङ्कले घट्यो सेयरबजार

लगातार बढिरहेको सेयर बजारमा बिहीबार भने दोहोरो अङ्कको करेक्सन भएको छ ।

अघिल्लो साताको आइतबारदेखि नै लय समाएको सेयरबजारमा आज भने दोहोरो अङ्कको गिरावट देखिएको हो । हिजो ३५.३९ अङ्कले बढेको बजार आज भने ३२.७७ अङ्कले घटेर नेप्से परिसूचक २१०९.१० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि र्हास आएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा धौलागिरी लघुवित्त, आशा लघुवित्त, बोटलर्स नेपाल, बिपिडब्ल्यु लघुवित्त, एनआरएम, मुक्तिनाथ कृषि कम्पनी र मान्डु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये सुर्यज्योति लाइफ इन्स्योरेन्स, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रो, घलेम्दी हाइड्रो, नेरुडे लघुवित्त र सुर्योदय वोमी लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन उपसूचक सर्वाधिक २.३६ प्रतिशतले बढ्दा ट्रेडिङ उपसूचक ०.५६ प्रतिशतले बढ्यो । आज विकास बैंक उपसूचक सर्वाधिक ३.२३ प्रतिशतले घट्दा फाइनान्स उपसूचक ३.१ र होटल तथा पर्यटन उपसूचक २.९९ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको