Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, ११ : ५६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का

कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मुक्तिनाथ विकास बैंकको सुचीकरण स्थगित गरिदिएको छ ।

नेप्सेका अनुसार कम्पनीले पुस ५ गते बिहीबार दिउँसो २:३० बजे कारोबार समयमै सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । 

तर बैंकले उक्त विनियमको व्यवस्था पालना नगरेको भन्दै नेप्सेले उक्त विनियमावलीको १६(१)(ख) को व्यवस्था बमोजिम धितोपत्र कारोबार स्थगन गरि अबको तीन कार्यदिन भित्र के कति कारणले कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरिएको हो भन्ने स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण निर्णय गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको