Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलन वैशाखको तेस्रो साता हुने

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १४ : २३ मा प्रकाशित

लगानी सम्मेलन वैशाखको तेस्रो साता हुने

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन पूर्व निर्धारित मिति भन्दा एक साता पछि धकेलिएको छ । यस अघि २०८१ वैशाख ९ र १० गते हुने भनिएको सम्मेलन एक साता पछि अर्थात वैशाख १६ र १७ गते आयोजना हुने भएको हो ।

लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको बैठक आज बुधबार अर्थ मन्त्रालयमा बस्दैछ । उक्त समितिमा विभिन्न मन्त्रालयका मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव र निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्षहरु सदस्य रहेका छन् । समितिको पहिलो बैठक मङ्सिर १० गते बसेको थियो ।

सम्मेलनमा प्रदेश र स्थानीय तहसम्मैका सम्भाव्य योजनालाई प्रस्तुत गने तयारी गरिएको छ । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् परिपत्र जारी गर्दै योजना पठाउन निर्देशन दिइसकिएको छ । लगानी बोर्ड नेपालले आयोजना गर्ने उक्त सम्मेलनमा विदेशी लगानीकर्ता माझ परियोजनाको बास्केट पेश गरि लगानी प्रतिबद्धता लिइने गरिएको छ ।

पहिलो लगानी सम्मेलनमा १४ खर्ब तथा दोस्रो लगानी सम्मेलनमा २३ खर्ब बढीको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको