Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलनको सोकेसमा निजी क्षेत्रका ३१ आयोजना

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १५ : ५९ मा प्रकाशित

लगानी सम्मेलनको सोकेसमा निजी क्षेत्रका ३१ आयोजना

वैशाख १६ र १७ मा आयोजना हुने लागेको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रका ३१ आयोजनाहरु प्रदर्शनमा राखिने भएका छन् ।

लगानी बोर्डका अनुसार हाइड्रोपावरदेखि शिक्षा, पर्यटन, यातायात, मनोरञ्जन र उत्पादन क्षेत्रका आयोजनाका लागि सम्मेलनमा लगानीको खोजी हुनेछ । सोकेसमा रहेका पर्यटन सम्बन्धित आयोजनाहरुमा झापाको हेप्पील्यान्ड फनपार्क,  माउन्ट एभरेस्ट पदयात्रामा तीन चरणमा गरि १० लक्जरी होटेल, सिक्लेस अन्नपूर्ण केबलकार, भरतपुर आइल्यान्ड रिसोर्ट एन्ड वाटरपार्क प्रोजेक्ट र जाल्पादेवी केबलकार रहेका छन् ।

यसैगरी काठमाडौं प्राविधिक विद्यालय, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स, आएमई सिमेन्ट प्रोजेक्ट, कम्पोस्ट फर्टिलाइजर, रिभल्भिङ पार्किङ, चुनढुङ्गा उत्खनन् तथा ढुवानी र प्राकृतिक कृषि फार्म पनि सम्मेलनमा सोकेस गरिन लागेका आयोजनाहरु रहेका छन् ।

यसैगरी माथिल्लो मर्स्याङ्दी-१, माथिल्लो बुढीगण्डकी, माथिल्लो भेरी, सुर्के दूधकोशी, मुगु कर्णाली, माथिल्लो सानीभेरीलगायत जलविद्युत योजना पनि सोकेसमा रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको