Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबारको सेयर बजार:६० प्रतिशत सम्मको लाभांश सुरक्षित गर्न सकिने

अर्थ संसार

विहीबार, १९ पुस २०८०, ०७ : ४८ मा प्रकाशित

बिहिबारको सेयर बजार:६० प्रतिशत सम्मको लाभांश सुरक्षित गर्न सकिने

आज पुस १९ गते नेप्सेमा कारोबार हुने ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीको भोलि अर्थात पुस २० गते बुकक्लोज तय गरिएको छ ।

बोटलर्स नेपाल (तराई)
बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौँमा दिउँसो १२ बजे साधारण सभा बोलाएको छ। सभाले प्रति सेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। 

मन्दाकिनी हाइड्रोपावर 
मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको