बिहीबार सेयरबजारमा सामान्य गिरावट आउँदा कारोबार भने उल्लेख्य रुपमा बढेको छ ।
बुधबार दोहोरो अङ्कले बढेको बजारले आज भने रिट्रेस गर्दै ८.७१ अङ्कले घटेर नेप्से परिसूचक २०४९.२८ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ४ करोड ८८ लाख ५७ हजार चार सय ५४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर पाँच अर्ब ५८ करोड ११ लाख ७ हजार आठ सय चार रुपैयाँ पुगेको छ । बजार घटेपनि आज कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिंगटी हाइड्रो, कालिका पावर हाइड्रो, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, मन्दाकिनी हाइड्रो, जानकी फाइनान्स, नेपाल टेलिकम र युनिलिभर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
आज ट्रेडिङ उपसूचक सर्वाधिक २.३४ प्रतिशतले बढ्दा हाइड्रोपावर १.८५ प्रतिशत र लगानी उपसूचक १.११ प्रतिशतले बढे । आज अन्य उपसूचक सर्वाधिक ३.७ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स १.२५ प्रतिशत र नन लाइफ इन्स्योरेन्स उपसूचक ०.९३ प्रतिशतले घटे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस