एनआईसी एसिया बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको २९ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद गरि कुल ३०.५२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
यस अनुसार अब कम्पनीको थप तीन करोड ३५ लाख ३५ हजार ६ सय १५ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६७ हजार २ सय रुपेयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ५१०.९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस