Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको पाइपलाइनमा थपिए ह्याम्स हस्पिटल, शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारको आइपिओ

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, १३ : ४६ मा प्रकाशित

सेबोनको पाइपलाइनमा थपिए ह्याम्स हस्पिटल, शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारको आइपिओ

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ह्याम्स हस्पिटल, शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारको आइपिओ थपिएका छन् ।

ह्याम्स अस्पतालले ११ लाख २५ हजार कित्ता प्राथमिक सेयर प्रिमियमसहित २८८ रुपैयाँमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले पुस ६ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी अन्य सेक्टरको कम्पनी रहेको छ ।

शौर्य सिमेन्ट कम्पनीले एक करोड ५९ लाख ८१ हजार पाँच सय कित्ता सेयर प्रिमियमसहित २६४.५१ रुपैयाँमा निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले मङ्सिर १२ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टिङ बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

यसैगरी अन्नपूर्ण केबलकार कम्पनीले ३१ लाख कित्ता सेयर प्रति कित्ता एक सय रुपैयाँमा निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले पुस १६ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी अन्य सेक्टरको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको