रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई खुलाएको ४० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म सात लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ । संस्थागत लगानीकर्तालाई बिक्री गरिएको कट अफ प्राइसमा १० प्रतिशत घटाएर सर्वसाधारणमा आइपिओ बिक्री गरिनेछ ।
पुस १९ गते धितोपत्र बोर्डमा कम्पनीले आवेदन दिएको थियो । आइपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यस अघि सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट नेपालमा पहिलोपटक आइपिओ निष्कासन गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस