Like us!
Follow us!
Connect us!
Watch us!

इङ्गवा हाइड्रोपावरमा पब्लिक संचालकको इन्ट्री, इन्द्रमणि त्रिताल र भेजप्रसाद तिमिल्सीना निर्वाचित

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १६ : ४९ मा प्रकाशित

इङ्गवा हाइड्रोपावरमा पब्लिक संचालकको इन्ट्री, इन्द्रमणि त्रिताल र भेजप्रसाद तिमिल्सीना निर्वाचित

इङ्गवा हाइड्रोपावरको सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा इन्द्र मणि त्रिताल र भेजप्रसाद तिमिल्सीना निर्वाचित भएका छन्। 

कम्पनीको आज (पुस २२ ) सम्पन्न १४ औं वार्षिक साधारणसभाले आइपिओ निष्काशन गरेपछिको पहिलो साधारणसभा हो। 

थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको छ।  तेस्तै, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै यस आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण पनि गरेको छ। 

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो। यस हाइड्रोपावर कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बराबरको आइपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले प्रबर्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको