Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

अर्थ संसार

सोमबार, २३ पुस २०८०, २० : ५४ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको हो ।

कर्मचारीहरुको प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न वर्तमान पाटोमा विवेचना गर्दै आगामी बर्षको व्यवसायिक लक्ष्य र रणनीतिका बारेमा नेशनल लाफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले प्रशिक्षित गराएका थिए । कार्यक्रमको सभापतित्व पनि सीईओ खत्रीले नै गरेको कम्पनीले जनाएको छ । विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २ सय जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा सीईओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन भुमिका खेल्नु पर्ने बताएका थिए । उनले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट नतिजा हासिल गर्नेमा जोड दिए ।

सोही कार्यक्रमकै अवसरमा चर्चित मोटिभेसनल स्पीकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन । नियामक निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गरेका थिए ।

कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको लागि परीक्षा संचालन गरिएको थियो भने सो परिक्षाबाट प्रथम सुरक्षा सिंह, द्धित्तिय चुडामणी गौतम र तृत्तिय भएका खगेन्द्र श्रेष्ठलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस्तै, देशैभरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच जना प्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रिय कार्यालयका नवराज थापा मगरलाई पनि सीईओ खत्रीले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।  

659c108a217a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको