Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज, १५% लाभांश प्रस्ताव पारित हुँदै

अर्थ संसार

विहीबार, ०५ असार २०८२, ०७ : १८ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज, १५% लाभांश प्रस्ताव पारित हुँदै

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार ५ गते) कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा आफ्नो ३७औं वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभामा हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

कम्पनीले वितरण गर्न लागेको १० प्रतिशत नगद लाभांश रकम ५२ करोड १२ लाख १३ हजार ३०८ रुपैयाँ २० पैसा रहेको छ भने ५ प्रतिशत बोनस शेयर रकम २६ करोड ६ लाख ६ हजार ६५४ रुपैयाँ १० पैसा बराबर हुनेछ।

यसैगरी, लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत का दरले ४ करोड ११ लाख ४८ हजार ४१८ रुपैयाँ ७० पैसा लाभांशबाट समायोजन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको हालको चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ।

साधारणसभाका लागि कम्पनीले चुक्तापुँजी वृद्धि अनुरूप प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) संशोधन गर्ने प्रस्ताव पनि अघि सारेको छ। साथै, कम्पनी ऐन २०६३ को दफा १०५ (१)(ग) अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएको खर्च स्वीकृत गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायले निर्देशन दिएमा आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

त्यसैगरी, आजको साधारणसभाले कम्पनीको सञ्चालक समितिका ५ जना नयाँ सञ्चालक चयन गर्नेछ। जसअन्तर्गत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गरिनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ। सो दिनसम्म कायम रहेका सेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको