Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफले डाक्यो साधारणसभा: लाभांश पारित गरिने

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, ०७ : ५६ मा प्रकाशित

नेशनल लाइफले डाक्यो साधारणसभा: लाभांश पारित गरिने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा आवहान गरेको छ। भदौ ७ गते शुक्रबार बस्ने गरि कम्पनीले ३६औं वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा उक्त दिन विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। 

तय गरेको सभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

तेस्तै, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्नेछ।   

साधारणभसा प्रयोजनार्थ कम्पनीले साउन २४ गते १ दिन बुक क्लोज तय गरेको छ। अर्थात साउन २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले पारित गरेको लाभांश पाउन योग्य हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको