बीमा क्षेत्रको स्थापित कम्पनी नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न चाहने सेयरधनीहरूका लागि आज (जेठ २१) अन्तिम मौका हो। कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्दैछ, जसअनुसार आजसम्म नाममा सेयर कायम गराएकाले मात्र लाभांश पाउनेछन्।
कम्पनीले आगामी असार ५ गते वार्षिक साधारणसभा बोलाएको छ, जुन लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सो सभामा हालको चुक्ता पुँजीका आधारमा ५% बोनस सेयर र १०.७८९४७३% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
त्यसका साथै गत आवको लेखापरीक्षकको प्रतिवेदन, वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू स्वीकृत गरिनेछन्। चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने एजेन्डा पनि सभामा राखिएको छ।
सभाको अर्को महत्त्वपूर्ण बुँदा भनेको सञ्चालक समितिमा प्रतिनिधित्वको नयाँ संरचना हो। संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण समूह ‘ख वर्ग’ बाट २ जना नयाँ सञ्चालकको निर्वाचन सभाबाटै गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस