Like us!
Follow us!
Connect us!
Watch us!

२०२३ मा एक लाख बढी नेपाली अस्ट्रेलिया प्रस्थान, अन्य देशमा जानेको संख्या कति?

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, १२ : ३९ मा प्रकाशित

२०२३ मा एक लाख बढी नेपाली अस्ट्रेलिया प्रस्थान, अन्य देशमा जानेको संख्या कति?

सन् २०२३ मा एक लाख भन्दा बढी नेपाली अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

कुल १६ लाख तीन हजार आठ ३६ नेपाली विदेशिएको सन् २०२३ मा सबैभन्दा बढी नेपाली प्रस्थान गरेको देशमा भने संयुक्त अरब इमिरेट्स रह्यो । यस अवधिमा दुई लाख ७१ हजार ८८ नेपाली त्यसतर्फ लागे । यसैगरी भारत जाने नेपालीको संख्या दोस्रो सर्वाधिक रहँदा नेपालीको तेस्रो पपुलर गन्तव्य कतार रह्यो । भारतमा एक लाख ८० हजार ६ सय दुई नेपाली जाँदा कतार जाने नेपालीको संख्या एक लाख ७९ हजार चार सय ४१ रह्यो । खुला सीमाका कारण भारत जाने नेपालीको आधिकारिक तथ्यांक भने छैन ।

यसैगरी मलेसिया र साउदी अरब नेपालीहरुको चौथो र पाँचौ सर्वाधिक जाने गन्तव्य रहे । छैटौं स्थानमा अस्ट्रेलिया रहँदा सातौं स्थानमा जापान र आठौं स्थानमा अमेरिका रहे । बेलायत र कुवेतमा पनि ५० हजारको हाराहारीमा नेपालीहरु प्रस्थान गरे । सन् २०२३ मा नेपालीहरु विश्वको २ सय २२ विभिन्न मुलुकहरु प्रस्थान गरे ।

रोजगारीको सिलसिलामा सबैभन्दा बढी ८ लाख आठ हजार चार सय १५ नेपाली बाहिँरिदा पर्यटन तथा धार्मिक प्रयोजनका लागि दुई लाख बढी नेपाली प्रस्थान गरे । पारिवारिक भ्रमणका लागि पनि एक लाख ६७ हजार चार सय ८५ नेपालीले विदेश भ्रमण गर्दा अध्ययन प्रयोजनका लागि विदेशिने नेपालीको संख्या एक लाख आठ हजार पाँच सय ४२ रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको