Like us!
Follow us!
Connect us!
Watch us!

यी पाँच लघुवित्त छन् एफपिओ निष्कासनका लागि पाइपलाइनमा

अर्थ संसार

सोमबार, ०१ माघ २०८०, १२ : २५ मा प्रकाशित

यी पाँच लघुवित्त छन् एफपिओ निष्कासनका लागि पाइपलाइनमा

एफपिओ निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा पाँच लघुवित्त कम्पनी रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका लघुवित्त कम्पनीमा नयाँ सारथि लघुवित्त, सुर्योदय वोमी लघुवित्त, समता घरेलु लघुवित्त, किसान लघुवित्त र माहुली लघुवित्त रहेका छन् ।

नयाँ सारथि लघुवित्तले प्रिमियमसहित एक सय १९ रुपैयाँ प्रतिकित्तामा तीन लाख २९ हजार ६ सय ४९ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । एफपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यसैगरी सुर्योदय वोमी लघुवित्तले एक सय रुपैयाँ प्रतिकित्तामा ४६ हजार सात सय ३० कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । उक्त एफपिओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

समता घरेलु लघुवित्तले एक सय रुपैयाँ प्रतिकित्तामा ३ लाख ३२ हजार ८ सय ५६ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । उक्त एफपिओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । किसान लघुवित्तले एक सय रुपैयाँ प्रतिकित्तामा १६ लाख ६६ हजार ९ सय ६५ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । यस एफपिओको बिक्री प्रबन्धकमा पनि मुक्तिनाथ क्यापिटल रहेको छ ।

यसैगरी माहुली लघुवित्तले एक सय रुपैयाँ प्रतिकित्तामा चार लाख ४५ हजार ४ सय ४९ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । यस एफपिओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको