Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ब्याज फिर्ता, कर्जा माफी लगायत माग राखी आज मधेश बन्द

अर्थ संसार

विहीबार, ११ माघ २०८०, १२ : ५९ मा प्रकाशित

बैंकको ब्याज फिर्ता, कर्जा माफी लगायत माग राखी आज मधेश बन्द

बैंकको ब्याज फिर्ता, कर्जा माफी लगायत माग राखी आज मधेश बन्द गरिएको छ ।

आम जनता पार्टीले आह्वान गरेको बन्दका कारण मधेश प्रदेशमा जनजीवत प्रभावित बनेको छ । पार्टीले बैंकले बढाएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफ जस्ता माग राखी माघ ११ गते मधेश बन्दको घोषणा गरेको थियो ।

बन्द सफल पार्न हिजो राती देखि नै पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए भने आज बिहान विभिन्न चोकचोकमा टायर बाली विरोध प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा आफ्ना दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको आजपाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको