Like us!
Follow us!
Connect us!
Watch us!

ट्याक्सी व्यवसायीहरु आन्दोलनमा, काठमाण्डौ महानगर अगाडी धर्ना

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, १३ : ५० मा प्रकाशित

ट्याक्सी व्यवसायीहरु आन्दोलनमा, काठमाण्डौ महानगर अगाडी धर्ना

काठमाण्डौमा ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन्। महानगरले फटाफट ट्याक्सी स्ट्याण्डहरु हटाएपछि आफूहरु आन्दोलित हुनुपरेको उनीहरुले बताएका छन्।  

अहिले व्यवसायीहरु काठमाण्डौ महानगरपालिकाको कार्यालय अगाडी ट्याक्सी पार्क गरेर बसिरहेका छन्। 

भएका ट्याक्सी स्ट्याण्डहरु हटाएपछि आफूहरु बस्ने ठाउँ नभएको भन्दै आन्दोलनमा उत्रिनुपरेको उनीहरुको तर्क छ। 'पहिला ५ वटा स्ट्याण्डहरु राखिरहेको ठाउँमा महानगरले बोर्ड नै निकालेर ल्यायो। सबै स्ट्याण्डहरु हटाउँदै गएपछि हामी चाहिँ कहाँ गएर बस्ने ? पैदल यात्रुलाई वाधा अवरोध पर्ने गरी बस्न पाउनुपर्छ भनेर हामीले पनि भनेको होईन। तर हामीलाई त बस्ने ठाउँ नै भएन। महानगरले त्यसको उचित व्यवस्था गरिदिनुपर्छ भन्ने हाम्रो माग हो।', आन्दोलनरत एक ट्याक्सी चालकले अर्थसंसारसंग भने।  

अहिले केहि ट्याक्सी व्यवसायीहरु र महानगरका बीचमा वार्ता भईरहेको बुझिन आएको छ।  

64575d21ef074.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको