Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा एनएमबि बैंकको एटिएम तोडफोड, एक पक्राउ

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १८ : ४७ मा प्रकाशित

पोखरामा एनएमबि बैंकको एटिएम तोडफोड, एक पक्राउ

पोखरामा पैसा चोर्ने उद्देश्यले एनएमबि बैंकको एटिएम तोडफोड गर्ने एक युवक पक्राउ परेका छन् ।

पोखरा महानगर-५ जिरो किलोमिटरमा रहेको एनएमबि बैंकको एटिएम तोडफोड गर्दै गर्दा ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्ने पोखरा-१७ विरौटा बस्ने राजकुमार भनिने टीकराम पौडेल रहेको प्रहरीले जनाएको छ । पौडेलले १४ गते मध्यराति करिब ११ बजेर ४५ मिनेट जाँदा एटिएम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनमाथि कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोखरा-२७ अर्घौचोकमा यस अघि पनि एनएमबि बैंककै एटिएम लुट्ने प्रयास भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको