Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफमा अरु संचालक दोहरिंदा, नयाँ संचालकमा रुपमा सचिन आचार्यको इन्ट्री

अर्थ संसार

विहीबार, १८ माघ २०८०, २१ : २५ मा प्रकाशित

हिमालयन लाइफमा अरु संचालक दोहरिंदा, नयाँ संचालकमा रुपमा सचिन आचार्यको इन्ट्री

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज  माघ १८ गते सम्पन्न भएको छ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन उपर छलफल गर्दै पारित गरेको छ ।

सभाले साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको हो ।

सभाले संचालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०७९ /८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको संचालक समितिमा प्रतिनिधित्वको लागि संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुमा क्रमशः सुलभ अग्रवाल, विवेक दुगड, सौरभ दुगड, र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुमा क्रमशः राजु प्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमिला के.सी निर्वाचन गरेको छ । सभाले स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । यी मध्य अरु संचालक् पहिले कै संचालक समितिमा थिए भने सचिन आचार्य भने नयाँ अनुहार रहेका छन्। 

सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ताको अनुमोदन गर्ने, नियमनकारी निकायहरुले प्रस्तावित बिषय उपर कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । साथै, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०७८/७९ मा भएको खर्चको अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश भने दिएन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको