Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा चढ्न जानेले अब आफ्नो शौच साथै फिर्ता ल्याउनुपर्ने !

अर्थ संसार

विहीबार, २५ माघ २०८०, १९ : २० मा प्रकाशित

सगरमाथा चढ्न जानेले अब आफ्नो शौच साथै फिर्ता ल्याउनुपर्ने !

जथाभावी मानव शौचका कारण सगरमाथा क्षेत्र अत्यधिक दुर्गन्धित तथा प्रदुषित हुन थालेपछि हिमाल चढ्न जानेले अब आफ्नो दिसा एउटा विशेष झोलामा हालेर बेसक्याम्पमै फिर्ता ल्याउने पर्ने भएको छ ।

सगरमाथा क्षेत्रको धेरै भूभाग पर्ने सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिकाले यस्तो नियम कार्यान्वयन गर्न लागेको हो । अत्यधिक चिसोका कारण मानव शौच प्राकृतिक रुपमै नष्ट नहुने हुँदा त्यसबाट त्यसले प्रदुषण फैलाएको गुनासोहरु बढ्न थालेपछि गाउँपालिकाले अनिवार्य रुपमै यी व्यवस्था लागू गर्न लागेको हो । जतासुकै फोहोर देखेर पर्वतारोहीहरु बिरामी नै पर्न थालेको त्यहाँका स्थानीयको भनाई छ ।

नियम अनुसार अब सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्न जाँदा बेसक्याम्प मै दिशाहरु राख्ने विशेष किसिमको झोला खरिद गर्नुपर्नेछ । विशेष रसायन र पाउडर राखिएको उक्त झोलामा दिसा ठोस र गन्धरहित रहने जनाइएको छ । पाँच देखि ६ पटक प्रयोग गर्न सकिने त्यस्ता झोला प्रत्येक पर्वतारोहीले दुईवटाका दरले पाउनेछन् भने आरोहण सकेर फर्किदा ती झोलाको परीक्षणसमेत गरिनेछ ।

सगरमाथा र ल्होत्से आरोहणका क्रममा ७९०६ मिटरको उचाईमा रहेको स्थानलाई पर्वतारोहीले बेस क्याम्प बनाउने गरेका छन् । त्यही स्थान अहिले मानव मलमूत्रका कारण अति दुषित भएको बताउँदै हिउँ पनि कम भएको उक्त स्थानमा ढुङ्गाहरुमा शौचको निकै फोहोरी दृश्यहरु देख्न पर्ने अरोहीहरुको गुनासो रहेको छ । उक्त स्थान खुला शौचालयकै रुपमा प्रयोग हुँदै आएको आरोहीहरु बताउँदछन् ।

गाउँपालिकाको निर्देशन पाएसँगै सगरमाथा प्रदूषण नियन्त्रण कमिटीले अमेरिकाबाट ८००० त्यस्ता झोला खरिद गर्न लागेको छ । आगामी मार्चमा शुरु हुने पर्वतारोहण सिजनमा ती झोला अनिवार्य रुपमा प्रयोगमा ल्याउने गाउँपालिकाको तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको