Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाले भन्यो- ५० शाखा बन्द गर्न लागेको भन्ने समाचार कपोकल्पित, शाखा बन्द गर्ने कुनै योजना छैन

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०७ : १५ मा प्रकाशित

एनआईसी एशियाले भन्यो- ५० शाखा बन्द गर्न लागेको भन्ने समाचार कपोकल्पित, शाखा बन्द गर्ने कुनै योजना छैन

एनआईसी एशिया बैंक लिमिटेडले एक विज्ञप्ती जारी गर्दै बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचार भएको भन्दै बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

विज्ञप्तिमा बैंकले बिगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको बताएको छ। 

विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएको र  यस्ता समाचारमा कुनै सत्यता नरहेको भनेको छ। बैंकले यस प्रकारका समाचारबाट भ्रमित नहुनुहुन सम्पूर्ण सरोकारवालाहरूमा भनेको छ । 

साथै बैंकले आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको स्पष्ट पार्न खोजेको छ। 

बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको