Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालमा १५% सम्म छुट

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १७ : ३२ मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालमा १५% सम्म छुट

एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरे ।  

यस समझदारी पश्चात बैंकका ग्राहकहरुले नयाँ बानेश्वर,काठमाण्डौमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरु (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।  साथै, ग्राहकहरुले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।  

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको