Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नाफा १४ करोडमात्र, कस्तो छ समग्र वित्तीय अवस्था ?

अर्थ संसार

मंगलबार, १५ बैशाख २०८३, १० : १२ मा प्रकाशित

एनआईसी एशिया बैंकको नाफा १४ करोडमात्र, कस्तो छ समग्र वित्तीय अवस्था ?

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा १४ करोड ३ लाख

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १४ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । जसको तुलनामा यस वर्ष नाफा १०.५ प्रतिशतले घटेको देखिन्छ।

खुद ब्याज आम्दानी/खुद फि तथा कमिसन आम्दानी 

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३० करोड ८२ लाख रुपैयाँ रहेको छ,जुन गत वर्षको ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँभन्दा कम हो। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी  १ अर्ब ५ करोड ७ लाख रुपैयाँ पुगेको छ। 

सञ्चालन मुनाफा/निक्षेप संकलन र कर्जा प्रवाह

सञ्चालन मुनाफा ६७ करोड २९ लाख रुपैयाँ कायम भएको छ। व्यवसाय विस्तारतर्फ बैंकले २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। निक्षेपको तुलनामा कर्जा कम परिचालन भएकाले बैंकसँग पर्याप्त तरलता रहेको देखिन्छ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

बैंकको प्रतिसेयर आम्दानी १.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.२९ रुपैयाँ रहेको छ। 

आधार दर र कोषको लागत

यो  अवधिमा बैंकको औसत आधार दर ७.२ प्रतिशतबाट घटेर ६.२ प्रतिशतमा झरेको छ भने कोषको लागत ५.१२ प्रतिशतबाट घटेर ४.२४ प्रतिशत कायम भएको छ। 

यस्ता छन् अन्य सूचक 

चैत मसान्तसम्म बैंकको  स्प्रेड दर ३.४ प्रतिशत र सीडी रेसियो ६५.३९ प्रतिशत रहेको छ।  निष्क्रिय कर्जा ५.७५ प्रतिशतबाट बढेर ८.८५ प्रतिशत पुगे पनि खुद निष्क्रिय कर्जा भने १.९२ प्रतिशतबाट घटेर ०.४९ प्रतिशतमा झरेको छ। बैंकले निष्क्रिय कर्जाको जोखिम कम गर्न ११४.५९ प्रतिशत प्रोभिजनिङ गरेको छ, जसले वित्तीय अवस्था मजबुत रहेको संकेत गर्दछ। यस्तै यो  अवधिमा पुँजी पर्याप्तता अनुपात ११.४५ प्रतिशत र प्राथमिक पुँजी अनुपात ६.४८ प्रतिशत कायम भएको छ। यो अवधिमा वितरणयोग्य नाफातर्फ बैंक दबाबमा रहेको देखिन्छ। उच्च प्रोभिजनिङ र नियामकीय समायोजनका कारण बैंकको रिटेन्ड अर्निङ १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको