Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकद्वारा कैलालीको सहारा घरलाई सामग्री सहयोग

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, १७ : २५ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा कैलालीको सहारा घरलाई सामग्री सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर) मा आश्रित व्यक्तिहरूको बसाइ अझ सहज र स्वस्थ बनाउन डाइनिङ टेबल, बेन्चहरूका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ।

बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका तथा पाका उमेरका व्यक्तिहरूसहित ९७ जनालाई आश्रय दिइरहेको यस संस्थाका लागि बैंकका सर्कल हेड–धनगढी दीपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई उक्त सामग्रीहरू मिति २०८२ चैत्र २६ गते एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। सहारा घरले असहाय, परनिर्भर, बालबालिका तथा सहयोग आवश्यकता भएका व्यक्तिहरूलाई खाने बस्ने सुविधासहित आश्रय दिँदै आएको छ। बैंकले उपलब्ध गराएको यो सहयोगले संस्थामा आश्रित व्यक्तिहरूको बसाइ र स्वच्छ खानेपानीको सुविधा अझ सहज हुने विश्वास बैंकले लिएको छ।

यसअघि बैंकले शान्ति सेवा गृहमा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। विगतका वर्षहरूमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ भने सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको