Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् "म्याग्निफिसेन्ट सेभेन" अमेरिकी कम्पनी जसले विश्वकै दोस्रो ठूलो बजार पुँजीकरण भएको देश बनाउन सक्छन्

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १७ : ४१ मा प्रकाशित

यी हुन् "म्याग्निफिसेन्ट सेभेन" अमेरिकी कम्पनी जसले विश्वकै दोस्रो ठूलो बजार पुँजीकरण भएको देश बनाउन सक्छन्

म्याग्निफिसेन्ट सेभेन भनिने सात अमेरिकी प्रविधि कम्पनीको कुल बजार पुँजीकरण र कुल नाफा विश्वका हरेक देशहरुको सबै सूचित कम्पनीहरुको कुल बजार पुँजीकरण र कुल नाफा भन्दा बढी भएको छ ।

एप्पल, अमेजन, अल्फाबेट, मेटा, माइक्रोसफ्ट, एन्भिदिया र टेस्लागरि सात कम्पनीहरुले विश्वका हरेक देशका समग्र सूचित कम्पनीहरुलाई कुल नाफा र बजार पुँजीकरणमा पछाडि छोडेका हुन् । जर्मनीको डोइच बैंकले प्रकाशित गरेको सोध अनुसार यी सात बैंकको बजार पुँजीकरण मात्रैले पनि विश्वको दोस्रो ठूलो सर्वाधिक बजार पुँजीकरण भएको देश बन्न सक्दछ ।

केवल जापान र चीनका समग्र सूचीकृत कम्पनीको नाफाले मात्र यी सात कम्पनीको कुल नाफालाई जित्न सक्ने पनि सोधमा उल्लेख गरिएको छ । जापानका कम्पनीको नाफा झिनो मात्राले मात्रै म्याग्निफिसेन्ट सेभेन कम्पनी भन्दा बढी भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको