Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशर जंग बराल नियुक्त

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १७ : १७ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशर जंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राध्यापक डाक्टर केशर जंग बराल नियुक्त भएका छन् ।

प्रा. डा. बराललाई बिहीबार त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा नियुक्त गरेका हुन् । उनले पोखरा विश्वविद्यालयको उपकुलपतिको भूमिका पनि निर्वाह गरिसकेका छन् । २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति भएका बरालले विश्वविद्यालय विस्तार गर्न महत्वपूर्ण योगदान दिएको टिप्पणी हुने गरेको छ ।

उपकुलपति सिफारिसका लागि बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम अन्तिम सर्टलिस्टमा परेको थियो । विभिन्न मापदण्ड अनुसार पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई प्रम दाहालले उपकुलपति नियुक्त गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको