Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, ०८ : १२ मा प्रकाशित

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता

आइतबार साँझ गृह मन्त्रालयमा बसेको मिटरब्याज पीडित र सरकारबीचको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरी वार्ता हुन लागेको छ।  

आज नेपाल सरकारका प्रतिनिधि र पीडितबीच सोमबार बिहान ११ बजेदेखि पुनः वार्ता हुने तयारी रहेको छ । 

आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए । त्यसपछि आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको थियो । उता,  संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।

सहकारी र मिटर ब्याज पीडितहरूले केहि दिने देखि सडक आन्दोलनमा निरन्तरतर रहेका छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको