Like us!
Follow us!
Connect us!
Watch us!

ब्राजिलमा एक्स्पो नेपाल २०२४ को आयोजना

अर्थ संसार

शनिबार, १९ फागुन २०८०, १२ : ०३ मा प्रकाशित

ब्राजिलमा एक्स्पो नेपाल २०२४ को आयोजना

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा "एक्स्पो नेपाल २०२४" को आयोजना गरिएको छ ।

ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली राजदूतावास र रक सिद्दी प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा मार्च १ देखि मार्च ३ तारिखसम्म एक्स्पोको आयोजना गरिएको हो । शुक्रबार भएको एक्स्पोको उद्घाटनमा ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेया, पर्यटन मन्त्रालयका कार्यकारी सचिव आना कार्ला लोपेसले लगायतको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले दुई देशको सम्बन्धका बारेमा चर्चा गरेका थिए ।  

भेटमा दुई देशका प्रतिनिधिहरूले द्विपक्षीय व्यापार, लगानी र पर्यटनलाई सुदृढ पार्नुका साथै एसियाली राष्ट्रका सांस्कृतिक पक्षहरू झल्कने प्रदर्शनीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै सचिव आना कार्ला लोपेसले पर्यटक प्रवाह बढाउन साझेदारीको सम्भावनालाई प्रकाश पारिन् । "नेपालको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक  आकर्षणमा केन्द्रबारे जानकारी दिने प्रदर्शनी जस्ता कार्यहरूले नेपालप्रति ब्राजिलियनहरूको चासो बढाउने अवसर पाएको छ," लोपेजले भनिन् ।

“जर्नी टु माउन्ट एभरेस्ट र बियन्ड” भन्ने नाराका साथ आयोजित एक्स्पोमा नेपालका हस्तशिल्प, गलैंचा, जडिबुटी उत्पादन, पश्मिना, संगीत लगायतका २५ प्रदर्शनी स्टलहरु रहेका छन् । यसैगरी एक्स्पोमा नेपालका लागि टुर प्याकेज पनि उपलब्ध हुने जनाइएको छ । कार्यक्रमले दुवै देशका उद्यमीहरूलाई व्यापारिक सम्बन्ध निर्माण गर्ने मञ्चको रूपमा पनि काम गर्ने विश्वास आयोजकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको