Like us!
Follow us!
Connect us!
Watch us!

म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना

अर्थ संसार

सोमबार, २८ फागुन २०८०, ११ : ३४ मा प्रकाशित

म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना तिराएको छ ।

आइतबार नियमित अनुगमनका क्रममा ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टहरु कारबाहीमा परेका हुन् । ती होटल तथा रेस्टुरेन्टहरुले म्याद गुज्रेका वस्तुको रिलेवलिङ गरेको, गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको विभागले जनाएको छ । कारवाहीमा परेका तीन वटै होटल रेस्टुरेन्टलाई जनही तीन लाखका दरले जरिवाना तिराइएको छ ।

यसैगरी ती होटल तथा रेस्टुरेन्टबाट म्याद नाघेको १३ हजार एक सय ४४ रुपैयाँ बराबरको खाद्यवस्तु नष्टसमेय गरिएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको